३ मंसिर २०८३, बुधबार

नेपालगन्जका २२ युवा राष्ट्रिय जनमत पार्टीमा प्रवेश, ‘बुलडोजर बाबा’ले लगाए टीका र माला

एसीपी संवाददाता

३ मंसिर २०८३, बुधबार १९:२१ मा प्रकाशित

नेपालगन्ज, मसिर २ —  नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका २२ जना युवा राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरूले पार्टीका संरक्षक इरफान अहमद शेष (बुलडोजर बाबा) को हातबाट टीका तथा माला लगाएर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै पार्टीका संरक्षक इरफान अहमद शेषले युवाहरूको सहभागिताले संगठनलाई थप ऊर्जा र मजबुती प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले युवाहरूको सक्रियता र साथले पार्टीको अभियानलाई स्थानीय तहसम्म विस्तार गर्न सहयोग पुग्ने धारणा राखेका थिए । पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका केन्द्रीय अध्यक्ष रियाज अहमद शेष, महासचिव राजा सिंहलगायतका नेताहरूको सहभागिता रहेको थियो।

राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका समितिले नवप्रवेशी सम्पूर्ण युवाहरूलाई स्वागत गर्दै पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार संगठन निर्माण तथा सामाजिक रूपान्तरणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

स्थानीय तहमा युवाहरूको बढ्दो आकर्षणले नेपालगन्जमा पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x