मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने जापान समूह डी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
नेपाल सेमिफाइनल जित्दै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यमा छ । यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली यू-१९ एसिया कपमा छनोट हुनेछ ।
अर्को सेमिफाइनलमा यूएई र सिंगापुर भिड्नेछन् । दुवै सेमिफाइनलका विजेता फाइनल पुग्दै यू-१९ एसिया कपमा छनोट हुनेछन् ।
यस्तै सेमिफाइनलमा पराजित हुने टिमका लागि पनि यू-१९ एसिया कप पुग्ने अवसर हुनेछ ।
सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानको लागि खेल हुनेछ र उक्त खेलमा विजयी हुने टिम पनि यू-१९ एसिया कपमा पुग्नेछ ।
नेपालका कप्तान देव खनालले पहिले ब्याटिङ गर्दा २८० देखि ३०० रन बनाउन प्रयास गर्ने र त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताए । अन्लाईन खबर