२८ कार्तिक २०८३, शुक्रबार

राप्तीसोनारीमा वडाध्यक्ष कप फुटबल तथा क्रिकेट प्रतियोगिता सम्पन्न, विजेता टोलीलाई बधाई

एसीपी संवाददाता

२७ कार्तिक २०८३, बिहीबार १९:५९ मा प्रकाशित

अरबिन्द कुमार यादव/बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ को आयोजना तथा राप्ती युवा क्लबको व्यवस्थापनमा सञ्चालन भएको आठौँ वडाध्यक्ष कप फुटबल प्रतियोगिता र छैटौँ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न भएका छन्।

आठौँ वडाध्यक्ष कप फुटबल प्रतियोगितामा न्यु जन परोपकारी युवा क्लब प्रथम भएको छ भने नन्कौपुर फुटबल क्लब (ए) उपविजेता बनेको छ।

त्यसैगरी, छैटौँ वडाध्यक्ष कप क्रिकेट प्रतियोगितामा राप्ती युवा क्लब प्रथम र नवज्योति युवा क्लब, भेलोनिया द्वितीय भएको छ।

प्रतियोगितामा विजेता तथा उपविजेता बनेका सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी, आयोजक, खेलप्रेमी तथा सहभागी टोलीहरूलाई आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x