१ श्रावण २०८३, शुक्रबार

ट्रम्पद्वारा हमासलाई खुल्ला चुनौती , हमासले बन्धक रिहा नगरे गम्भीर परिणाम भोग्नु पर्छ

एसीपी संवाददाता

१९ मंसिर २०८१, बुधबार १३:३० मा प्रकाशित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई धम्की दिएका छन् । द टाइम्स अफ इजरायलका अनुसार उनले इजरायली बन्धकहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्।

ट्रम्पले बन्धकहरूलाई जनवरी २० सम्म रिहा नगरे गम्भीर परिणाम भोग्नुपर्ने बताए। जनवरी २० मा ट्रम्पले आधिकारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी सारासँग भेट गरेपछि ट्रम्पको भनाइ आएको हो । साराले आइतवार फ्लोरिडाको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्समा ट्रम्पलाई भेटेकी थिइन्। दुवैले सँगै डिनर पनि गरेका थिए । यस क्रममा साराले ट्रम्पसँग गाजा युद्ध र बन्धकहरूको रिहाइको बारेमा कुरा गरिन्।

अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गर्‍यो, जसमा १२०८ इजरायली नागरिक मारिए। हमासले २५१ इजरायली नागरिकलाई बन्धक बनाएको थियो । यी मध्ये केही बन्धकको मृत्यु भइसकेको छ । ९७ बन्धकहरू अझै हमाससँग छन्। इजरायली सेनाका अनुसार यीमध्ये ३५ बन्धकको पनि मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x