१३ मंसिर २०८३, शनिबार

थारु तर्फबाट कांग्रेसको केन्द्रीय सदस्यमा ४ जना

एसीपी संवाददाता

७ पुष २०७८, बुधबार ०२:४४ मा प्रकाशित

०७ गते पौष २०७८ ।  काठमाडौँ — थारु तर्फबाट कांग्रेसको केन्द्रीय सदस्यमा योगेन्द्र चौधरी, रामजनम चौधरी, कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन् । योगेन्द्र र रामजनमले खुलातर्फ जितेका हुन् भने चौधरी र रानाले महिलातर्फ केन्द्रीय सदस्य जितेका हुन् ।

 खुलातर्फ रामजनम्ले सबैभन्दा धेरै २ हजार ५०३ मत पाएका छन् भने योगेन्द्रले २ हजार १९८ मत पाएका छन् ।

त्यही पदका प्रत्यासीहरू देवराज चौधरीले २१७, पार्वता डिसी चौधरीले ५६३, भोटनी देवी खवासले २९९, यज्ञराज चौधरीले १८४, बद्रीनारायण चौधरीले १ हजार ६०४ र साजनकुमार महत्तोले १ हजार ४१२ मत पाएका छन् ।

त्यस्तै, थारु महिलातर्फ कल्पना चौधरी र जीवन राना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । चौधरीले २ हजार ५२४ मत पाइन् भने रानाले २ हजार ३४९ मत पाइन् । त्यही पदमा प्रत्यासीह टिकाकुमारी चौधरीले ८९२, नमिताकुमारी चौधरीले १ हजार ६६१ र नवोदिता चौधरीले १ हजार ५९० मत पाएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x