२९ माघ २०८२, बुधबार

दमक भ्यु टावर  ओलि टावर लाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नु पर्छ। तपाईं के भन्नुहुन्छ ?

एसीपी संवाददाता

१ माघ २०८२, बुधबार १२:५१ मा प्रकाशित

सुदन गुरुङ ( समाजिक संजाल ) अझै ढिलो भएको छैन। यो संरचना फाल्नुपर्दैन। सोच बदल्नुपर्छ। जनताको कर जनतामै फर्काउनुपर्छ। खाली भवनलाई चल्ने संस्थान बनाऔं।

Damak View Tower उभिएको छ। अग्लो छ। तर खाली छ। करिब रु १.४ देखि १.५ अर्ब करदाताको पैसा यसैमा अड्किएको छ। योजना बिना बनेको संरचना योजना बिना नै थन्कियो। निर्माण सकियो तर उद्देश्य तय भएन। त्यसैले यो भवन जनताको जीवनमा पस्न सकेन। समस्या पैसाको थिएन। समस्या सोच र जवाफदेहिताको थियो।

अब प्रश्न भ्यू टावर चलाउने कि नचलाउने होइन। प्रश्न यसलाई जनताको काम लाग्ने बनाउने हो। मेरो स्पष्ट धारणा छ। यसलाई क्षेत्रीय डायग्नोस्टिक र विशेष सेवा अस्पताल बनाऔं। आपतकालीन उपचार यहीँ होस्। डायलाइसिस यहीँ होस्। आमा र नवजातको उपचार यहीँ होस्। आज पनि झापाका नागरिक उपचारका लागि टाढा जान बाध्य छन्। यही भवनले त्यो बाध्यता अन्त्य गर्न सक्छ। यो भवन दिनदिनै मानिस बचाउने ठाउँ बन्न सक्छ।

अर्को व्यवहारिक बाटो पनि छ। यसलाई नर्सिङ र प्यारामेडिकल विज्ञान कलेज बनाऔं। नर्स उत्पादन गरौं। ल्याब र रेडियोलोजी टेक्निसियन तयार गरौं। आपतकालीन स्वास्थ्यकर्मी यहीँ पढाऔं। विद्यार्थी काठमाडौँ धाउन नपरोस्। प्रदेशमै सीप सिकून्। प्रदेशमै सेवा गरून्। यो कलेजले नियमित चलायमानता ल्याउँछ। रोजगारी दिन्छ। भविष्य बनाउँछ।

हामीले बुझ्नुपर्ने कुरा दृश्य हेर्न एकपटक पुग्छ। अस्पताल र कलेज हरेक दिन चाहिन्छ। फोटो खिचेर देश चल्दैन। सेवा दिएर देश चल्छ। कंक्रिटले गर्व दिलाउँदैन। जिम्मेवारीले दिलाउँछ।

अब निर्णय हाम्रो हो।
एकछिन हेर्ने ठाउँ चाहिने कि हरेक दिन काम लाग्ने ठाउँ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x