दीपावली, छठ र गुरु नानक जयन्तीमा युवा नेता चौधरीको शुभकामना विविधतामा एकता र सद्भाव नै नेपालको शक्ति भएको चौधरीको भनाइ
दिनेश ठाकुर नेपालगञ्ज, २१ कात्तिक — नेपाली कांग्रेस बाँकेका युवा नेता तथा समाजसेवी जगत् नारायण कुर्मी (चौधरी) ले दीपावली, छठ पूजा तथा गुरु नानक जयन्तीको पावन अवसरमा सम्पूर्ण नेपाली तथा बाँकेवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देश जारी गर्दै नेता चौधरीले नेपाली समाज विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै विभिन्न धर्म, संस्कृति र समुदायका पर्वहरूले आपसी सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।उहाँले भन्नुभएको छ, “नेपाली समाज विविधताले भरिपूर्ण छ।
दीपावलीको उज्यालो, छठ पर्वको भक्तिभाव तथा गुरु नानकको प्रेम र शान्तिको सन्देशले हामी सबैको जीवन उज्यालो बनाओस्। यी महान् पर्वहरूले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको मार्ग प्रशस्त गरून् भन्ने मंगलमय कामना गर्दछु।”
बाँकेको सामाजिक तथा राजनीतिक क्षेत्रमा युवाको नेतृत्व र सशक्तीकरणका लागि सक्रिय रहँदै आउनुभएका चौधरीले बहुसांस्कृतिक तथा बहुधार्मिक पहिचान नेपालको मौलिक सुन्दरता र शक्ति भएको बताउनुभएको छ।
उहाँले चाडपर्वहरू सामाजिक सद्भाव, भाइचारा र एकताको सन्देश फैलाउने अवसरसमेत भएकाले सबैले एकअर्काको संस्कृति र परम्पराको सम्मान गर्दै पर्व मनाउनुपर्नेमा जोड दिनुभएको छ।
साथै, पर्वका नाममा हुने अनावश्यक तडकभडक र खर्चलाई निरुत्साहित गर्दै मर्यादित, सभ्य र सामाजिक सद्भाव कायम हुने गरी चाडपर्व मनाउन समेत नेता चौधरीले सबैमा आग्रह गर्नुभएको छ।नेपाली कांग्रेसका स्थानीय नेता, सामाजिक अभियन्ता तथा युवा समाजसेवी चौधरीले दीपावली, छठ र गुरु नानक जयन्तीले सम्पूर्ण नेपालीको जीवनमा शान्ति, समृद्धि, सुख र सकारात्मक ऊर्जा ल्याओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।


