१ श्रावण २०८३, शुक्रबार

देशव्यापी हस्ताक्षर अभियान: प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध आवाज उठाउँदै

एसीपी संवाददाता

७ पुष २०८१, आईतवार १४:३६ मा प्रकाशित

काठमाडौं –  प्यालेस्टिनी जनताको समर्थनमा देशव्यापी हस्ताक्षर अभियानको आयोजना गरिएको छ। उक्त अभियान “इजरायली जनसंहारविरुद्ध संयुक्त अभियान नेपाल” द्वारा आयोजित गरिएको हो। 

कार्यक्रमका आयोजक गुणनिधि आचार्यले हस्ताक्षर अभियानको उद्घाटन गरेका थिए। कार्यक्रममा नेपाल मुस्लिम शान्ति समाजका केन्द्रीय अध्यक्ष नूर मोहम्मद अन्सारीको विशेष उपस्थिति रहेको थियो। साथै, Active Union Foundations Nepal का डा. ज़ैनुल अब्देन केन्दिय मोहर्रम कमिटी का अध्यक्ष फिरोज वार्सीसहित अन्य थुप्रै व्यक्तिहरूले कार्यक्रममा सहभागी भई हस्ताक्षर गरेका छन्।

कार्यक्रमको मुख्य उद्देश्य प्यालेस्टिनी जनताको अधिकारको संरक्षण र उनीहरूमाथि भइरहेको हिंसा तथा जनसंहारको विरोधमा विश्वव्यापी आवाज उठाउनु हो। “प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध देशव्यापी हस्ताक्षर अभियान” शीर्षकको यस कार्यक्रममा नागरिकहरूको ठूलो सहभागिता अपेक्षा गरिएको छ। 

 
आयोजक संस्थाका अनुसार हस्ताक्षर अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गर्न मद्दत गर्नेछ। यस अभियानबाट प्राप्त हस्ताक्षरलाई अन्तर्राष्ट्रिय संघसंस्थाहरू र सम्बद्ध पक्षहरूसमक्ष पेश गरिने योजना रहेको छ।

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x