२९ माघ २०८२, बुधबार

नरैनापुरमा भूमिहीन दलितहरूलाई न्यानो कपडा वितरण नरैनापुर, बाँके

एसीपी संवाददाता

२६ पुष २०८२, शनिबार ०८:३५ मा प्रकाशित

बाँकेको नरैनापुर गाउँपालिकाका १२८ जना भूमिहीन दलितहरुलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको छ। बढ्दो चिसो र शीतलहरलाई मध्यनजर गर्दै उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि राहत सामग्री उपलब्ध गराइएको हो।
नरैनापुर गाउँपालिकाको आयोजना तथा रेन परियोजनाको आर्थिक सहयोगमा उक्त राहत सामग्री वितरण गरिएको हो। जाडो मौसममा न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताइरहेका भूमिहीन दलित परिवारहरूलाई लक्षित गरी कम्बल, ज्याकेट लगायतका न्यानो लुगाहरू प्रदान गरिएको छ।
राहत वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकाभित्रका कोही पनि नागरिक चिसोका कारण समस्यामा नपरुन् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए। भूमिहीन र आर्थिक रूपले कमजोर रहेका दलित समुदायका लागि यो सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय लाभग्राहीहरूले चिसो बढ्दै गएको समयमा समयमै न्यानो कपडा पाएकोमा खुसी व्यक्त गर्दै सहयोगी निकायहरूलाई धन्यवाद दिएका छन्। उक्त कार्यक्रममा गाउँपालिकाका ४ न वडा अध्यक्ष मनोज कुमार शर्मा, २ न वडा अध्यक्ष मसूद अहमद शाह लगायतका जनप्रतिनिधी, भूमि शाखा प्रमुख भरत महतो, बिपद शाखा प्रमुख बिनोद चौधरी, आपात कालीन सेवा सञ्चालन केन्र्दका बच्छराज बिश्वकर्मा, रेन परियोजनाका कर्मचारी लेखा अधिकृत टीका राम घर्ती, रेन अधिकृत चिरञ्जीवी भुषाल, विनय राज त्रिपाठी र स्थानीय समाजसेवीहरू नरैनापुरका प्रहरी प्रमुख, नरैनापुरका शसस्त्र प्रहरी प्रमुख, नरैनापुरका नेपाली सेना प्रमुखको उपस्थिति रहेको थियो। नरैनापुरमा १५५ सेट राहत सामग्री बितरण हुने र आज १२८ जनालाइ बितरण गरिएको २७ सेट राहत अझै बाड्न बाँकी रहेको रेनका कर्मचारी विनय राज त्रिपाठीले जानकारी दिएका छन । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x