१३ मंसिर २०८३, शनिबार

नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाउने तयारी

एसीपी संवाददाता

२२ पुष २०७८, बिहीबार १०:५१ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन् । आज बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन् ।

उनले यो समूहलाई कुन प्रक्रियामार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाएरै छाड्ने बताए । उनले आज नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे ।

केपि ओली प्रधानमन्त्री हुँदा नारायणहिटी दरबारको जग्गा कौडीको भाउमा भाडामा लगाएको कुरा खुल्दै


मन्त्री आलेले भने, ‘सङ्ग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ ।

त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरि त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सबालमा हामी छलफलमा छौँ ।’

उनले नारायणहिटी सङ्ग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानबिन सुरु गरिएको पनि बताए । नारायणहीटी सङ्ग्रहालय भित्र बतास समूहले बनाउँदै गरेको रेष्टुरेन्ट लगाएतको भौतिक संरचनाको विषयलाई लिएर नेपाली जनताले त्यसको चौतिर्फि विरोध गरिंदै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x