१० माघ २०८२, शुक्रबार
नेकपाको देशव्यापी अभियानको शुरुवात प्रदेश ५ को कोहलपुरबाट
रूपन्देही — नेकपाको देशव्यापी अभियानको शुरुवात प्रदेश ५ को कोहलपुरबाट हुने भएको छ । केन्द्रीय समितिकाे निर्णयअनुसार दुई अध्यक्षले देशब्यापी अभियान सञ्चालन गर्ने र सुरुवात प्रदेश ५ बाट गर्ने निर्णय गरेका थिए ।नेकपाको प्रदेश ५ को बुधबार बुटवलमा बसेको कार्यालय बैठकले बाँकेको कोहलपुरबाट शुरु गर्ने निर्णय गरेको हो ।
दुई अध्यक्षले केन्द्रीय अभियान फागुन ४ गते प्रदेश ५ को बुटवलबाट शुरु गरेर फागुन २१ गते विराटनगरबाट समापन गर्ने निर्णय गरेको थियो। तर, प्रदेश समितिले कोहलपुरबाट शुरु गर्ने निर्णय गरेको नेकपा प्रदेश ५ का कार्यालय सदस्य भुमिश्वर ढकालले जानकारी दिए।

Subscribe
Login
0 Comments



