१३ मंसिर २०८३, शनिबार

नेकपा एकीकृत समाजवादीमा रामकुमारी झाक्रीका कारण खतरा र मोहको डर

एसीपी संवाददाता

१८ पुष २०७८, आईतवार ०४:५७ मा प्रकाशित

गुल्मी । शहरी विकासमन्त्री रामकुमारी झाँक्री रोएकी छन् । उनी नेकपा एमाले सम्झिएर रोएकी हुन् । हाल नेकपा एकीकृत समाजवादीबाट मन्त्री बने पनि उनलाई एमालेको यादले सताउन छाडेको छैन । जसका कारण उनी रोएकी हुन् । झाक्री रोएपछि नेकपा एसका अध्यक्ष माधन नेपाल पनि चिन्तामा परेका छन् ।

किन रोइन झाँक्री ?

राजनीतिक जीवनको कठिनपूर्ण यात्राका क्रममा नेकपा एसकी सचिव झाँकी गुल्मी पुगेर रोएकी हुन् । गुल्मीमा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनका क्रममा नजिकै एमाले पार्टी कार्यालयको पक्की भवन देखेर भक्कानिएकी हुन् ।

त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो ।

उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’ यति भनेर उनी रोएकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x