५ मंसिर २०८३, शुक्रबार

नेपालगञ्जको उपप्रमुखमा रेखा झाको उम्मेदवारी, सार्वजनिक गरिन् विकास र सुशासनका पाँच मुख्य संकल्प निःशुल्क खानेपानीदेखि बेरोजगार भत्तासम्मका योजना अघि सार्दै डुबानमुक्त, भ्रष्टाचारमुक्त र न्यायपूर्ण नेपालगञ्ज बनाउने प्रतिबद्धता

एसीपी संवाददाता

५ मंसिर २०८३, शुक्रबार १०:१९ मा प्रकाशित

नेपालगञ्ज, मसिर ४ गते — समुन्नत, सफा, व्यवस्थित र न्यायपूर्ण नेपालगञ्ज निर्माण गर्ने लक्ष्यसहित रेखा झाले नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख (उपमेयर) पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।

चुनावी प्रचारप्रसारका क्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमार्फत झाले नगरको समग्र विकास, नागरिकको आधारभूत आवश्यकता परिपूर्ति र सुशासनलाई प्राथमिकतामा राख्दै पाँच मुख्य संकल्प सार्वजनिक गर्नुभएको हो।

‘जनताको कर, जनताकै सेवामा — अबको नेतृत्व रेखा झाको काँधमा’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिनुभएकी झाले खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य, डुबान नियन्त्रण र न्यायिक सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

‘जनताको कर, जनताकै सेवामा — अबको नेतृत्व रेखा झाको काँधमा’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिनुभएकी झाले खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य, डुबान नियन्त्रण र न्यायिक सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले सार्वजनिक गर्नुभएका पाँच मुख्य संकल्पमा नगरवासीलाई न्यूनतम खानेपानी पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने र शुद्ध पिउने पानीको व्यवस्था गर्ने योजना समेटिएको छ। त्यस्तै, बेरोजगार युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने तथा रोजगारी नपाउन्जेल बेरोजगार भत्ताको व्यवस्था मिलाउने उहाँको प्रतिबद्धता छ।

शिक्षा र स्वास्थ्यलाई नागरिकको आधारभूत अधिकारका रूपमा स्थापित गर्ने उद्देश्यले झाले कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउने र नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्प अघि सार्नुभएको छ।त्यसैगरी, वर्षायाममा नेपालगञ्जका विभिन्न क्षेत्रमा देखिने डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै व्यवस्थित ढल निकासको व्यवस्था गर्ने उहाँको अर्को प्रमुख एजेन्डा रहेको छ।

सुशासन र न्यायिक सेवातर्फ घरदैलोमै सहज तथा निष्पक्ष न्यायिक सेवा पुर्‍याउने र उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त प्रशासनका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

‘नेपालगञ्जलाई नमुना सहर बनाउने लक्ष्य’
स्थानीयवासीले दैनिक रूपमा भोग्दै आएका समस्या समाधान, सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेही प्रशासन आफ्नो प्रमुख प्राथमिकता रहेको झाको प्रतिबद्धता पत्रमा उल्लेख छ।
नगरको विकासलाई नारामा मात्र सीमित नराखी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने लक्ष्यसहित आफूले उम्मेदवारी प्रस्तुत गरेको उहाँको भनाइ छ।

झाले अघि सारेका यी पाँच संकल्प कार्यान्वयन हुन सके नेपालगञ्जको आधारभूत सेवा, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x