१३ मंसिर २०८३, शनिबार

नेपालगन्जमा भारतीय सुरक्षा अधिकारी र नेपाली सुरक्षा अधिकारी बिच सीमा सुरक्षा सम्बन्धी छलफल

एसीपी संवाददाता

८ पुष २०७८, बिहीबार ०५:५० मा प्रकाशित

०८ गते पौष २०७८ । पश्चिम नेपालका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बीच नेपालगन्ज स्थीत एक होटेलमा भेला सम्पन्न भएको छ । नेपाल — भारत सीमा क्षेत्र दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासन संग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुले एक आपसमा सहकार्य र समन्वय गरेर अगाडी बढ्ने निणर्य गरेका बुझिएको छ ।

भारतीय सुरक्षा अधिकारीहरु र नेपाली सुरक्षा अधिकारीहरु सीमा सुरक्षा सम्बन्धी विषयमा छलफल गर्न बुधबार बेलुकी नेपालगन्जमा सयुंक्त समन्वय बैठक बसेका थिए ।

सीमामा हुने अपराधिक घटनाको रोकथाम र त्यसको नियन्त्रणका लागि दुई देशका अधिकारीहरुले खेल्नुपर्ने भूमिका बारे छलफल भएको छ । हाले भारतको उत्तरप्रदेशमा हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न, घुसपैठ रोक्न, अबैद्ध ओसार पसार तथा सीमावर्ति क्षेत्रका अन्य विषयहरुमा पनि छलफल गरिएको थियो ।

भारतका ७ र नेपालका ८ जिल्ला गरी नेपाल-भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक बसेको हो ।

भारतको यूपि राज्य, बिहार राज्यका नौ जिल्लाका सुरक्षा अधिकारी (डिएम), नेपालबाट नवलपरासी पश्चिमा सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारीको बैठकमा सहभागिता रहेको थियो ।

त्यस्तै, नेपाल तर्फबाट लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला भारतसंग छोएका जिल्ला बांके, बर्दिया, कैलाली, कञ्चनपुर, दांग, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र र जनपद प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरुको सहभागीता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x