नेपालगन्ज उपमहानगर सभापतिमा धनराज वर्माको उम्मेदवारी
नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका नगर सभापति पदका लागि धनराज वर्माले उम्मेदवारी दिने तयारी गरेका छन्।
वर्मा नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर कार्यसमितिका वर्तमान कार्यबाहक नगर सभापति हुन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका वर्माले नगर सभापतिका लागि आफ्नो उम्मेदवारी अघि बढाउने भएका हुन्।
उनको उम्मेदवारीसँगै नेपालगन्ज उपमहानगर कांग्रेसको आगामी नेतृत्व चयनलाई लिएर पार्टीभित्र राजनीतिक गतिविधि थप तीव्र हुने देखिएको छ। महाधिवेशनको तयारीसँगै नगर नेतृत्वका आकांक्षीहरूबीच आन्तरिक छलफल र भेटघाटसमेत बढ्दै गएको छ।
वर्माले संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा पार्टीको स्थानीय संरचनालाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिने तयारी गरेको बताइएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने नगर अधिवेशनबाट नेपालगन्ज उपमहानगरको नयाँ नेतृत्व चयन हुनेछ।


