६ आश्विन २०८३, मंगलवार

नेपालगञ्ज वडा नं. ९ को नयाँ फड्को : सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा प्रवाह सुरु, विकास निर्माणले लिँदैछ गति

एसीपी संवाददाता

६ आश्विन २०८३, मंगलवार १२:१३ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज, असोज ६ — नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ मा पछिल्लो समय भौतिक पूर्वाधार तथा विकास निर्माणका कार्यले गति लिन थालेका छन्। वडाभित्र सडक स्तरोन्नति, कालोपत्रे, ढल निकास व्यवस्थापन तथा प्रशासनिक सेवा प्रवाहलाई सहज बनाउने पूर्वाधार निर्माणका काम अघि बढिरहेका छन्।

यसैक्रममा वडाबासीलाई थप सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले वडा नम्बर ९ को कार्यालय आफ्नै नवनिर्मित सुविधा सम्पन्न भवन बनिरहेको ले यश आर्थिक बर्षबाट सेवा प्रवाह गर्न सुरु गरेिनेछ। लामो समयसम्म साँघुरो तथा भाडाको भवनबाट सेवा लिनुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय वडाबासीमा उत्साह थपिएको छ।

वडामा सञ्चालन भइरहेका विभिन्न विकास योजना, नयाँ प्रशासनिक भवन तथा आगामी कार्यदिशाका विषयमा वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मीले वडाको सन्तुलित, पारदर्शी र दिगो विकासलाई आफूहरूले मुख्य प्राथमिकतामा राखेको बताउनुभयो।

वडा अध्यक्ष रेग्मीले भन्नुभयो, “हामी वडा नम्बर ९ लाई नेपालगञ्ज उपमहानगरपालिकाकै नमुना र समृद्ध वडाका रूपमा विकास गर्न निरन्तर लागिरहेका छौँ। लामो प्रयासपछि आफ्नै नयाँ र व्यवस्थित भवनबाट जनमुखी सेवा दिन सफल हुनेछौं ।यसले सेवाग्राहीको कामलाई अझ छिटो र सहज बनाउनेछ।”

उहाँका अनुसार भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा समेत जनमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको छ। वडाबासीको प्रत्यक्ष सहभागिता, रचनात्मक सुझाव तथा सहयोगले विकासका योजना कार्यान्वयनमा थप सहयोग पुगेको उहाँले बताउनुभयो।

“आगामी दिनमा बाँकी रहेका सडक तथा ढल निर्माणका कामलाई गुणस्तरीय रूपमा तोकिएको समयमै सम्पन्न गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ। स्थानीय सरकारको वास्तविक अनुभूति हुने गरी पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह गर्नु हाम्रो मुख्य उद्देश्य हो,” वडा अध्यक्ष रेग्मीले भन्नुभयो।

वडा कार्यालयका अनुसार भौतिक पूर्वाधार विकाससँगै लक्षित वर्गका लागि क्षमता अभिवृद्धि, महिला सशक्तीकरण, सामाजिक सुरक्षा तथा युवाका लागि स्वरोजगारमूलक कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन्।

बिभिन्न गतिविधवडाबासीले वडा नेतृत्वको सक्रियता, पारदर्शी कार्यशैली र विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन्।
आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीलाई कार्यालयसम्म पुग्न सहज हुनुका साथै प्रशासनिक कामसमेत थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

वडा कार्यालयले नागरिकका आवश्यकता र समस्यालाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x