नेपालगन्ज त्रिभूवन चोक पूर्वलाइनमा पुनः शुरु भयो साँडे आतंक , बिरयानीको ठेलामा छती
नेपालगन्ज – नेपालगन्ज उपमहनगरपालिका भित्र साँडेगोरुले अताङ मचाएको छ । स्थानीयहरुले घरमा पाल्ने गरेका गाई गोरु खुल्ला छोडदा समेत समस्या उत्पन्न भएको हो कि ? यो विषयमा संबंधित निकायको समयमा ध्यानाकर्षण हुने जरुरी रहेको छ ।
नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर ८ सबै भन्दा ब्यस्त बजार त्रिभुवन चोकमा साँडेगोरुले अताङ मचाएको छ । आज सोमबार त्रिभुवन चोक देखि रानी तलाउ जाने रोड स्थित एनआईसी एसिया बैंक नजिक साँडेले ठक्कर दिदा राजु बिरयानीको ठेला छ्तीग्रस्त भएको छ ।
यस्तै केही दिन अघि साँडेगोरु आतंकले दिपेश कोल्ड स्टोर र २ वटा बाइक १ वटा स्कुटी मा ठोकिँदा बाइक र स्कुटि छती भएको थियो र वडा नम्बर ८ लखेरन टोल का अमित लखेर र अन्य १ जना घाइते पनि भएका थिए ।
संबंधित निकायले समयमा ध्यान दिन जरुरी छ नेपालगन्ज वडा नम्बर ८ का ब्यपारी हरुले आफ्नो गुनासो राखेका छन । यो बिसयमा नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट र उप मेयर कम्रुद्दिन राईको समेत ध्यानाकर्षण हुन जरुरी छ ।


