८ कार्तिक २०८१, बिहीबार

नेपालगन्ज मेडिकल कलेज र भारतको अपोलो मेडिक्स अस्पताल बिच क्लिनिकल र एकेडेमिक सहकार्य सुरु

एसीपी संवाददाता

२१ माघ २०८०, आईतवार १०:३२ मा प्रकाशित

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले भारतको लखनऊ स्थित अपोलो मेडिक्स अस्पतालसँग क्लिनिकल र एकेडेमिक सहकार्य सुरु गरेको छ ।

शनिबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडिया , अपोलो मेडिक्स अस्पताल लखनऊका प्रबन्ध निर्देशक डा. मयंक सोमानी र नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संयुक्त रुपमा सहकार्यको सुरुवात गरेका हुन् ।

केही निःशुल्क उपचार सेवा , विभागीय विषयका सेमीनार तथा अस्पतालमा कार्यरत चिकित्सकसँग अन्तरक्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न यो सहकार्यले सहजता मिल्ने विश्वास लिएको अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताएका छन् ।

अस्पतालले अपोलो मेडिक्ससँगको सहकार्यमा बिरामीलाई सुपरस्पेशालिटी सेवाहरु क्यान्सर रोग , आई.भि.एफ सेवा , मुटु रोग , मुटुको शल्यक्रिया , प्लास्टिक सर्जरी सेवा , क्यान्सर सर्जरी प्रदान गर्नेछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल , नेपालगन्ज (नर्सिङ्ग होम) मा प्रत्येक शनिबार सञ्चालन हुने ओ.पि.डि. सेवा निःशुल्क प्रदान गरिने र अन्य सेवामा सामान्य शुल्क लाग्ने अस्पतालले जानकारी दिएको छ ।

बिरामीको आवश्यकता अनुसार अपोलोमा रिफर हुने बिरामीको पहिलो फलोअप निःशुल्क हुने जनाईएको छ । यस्तै दोश्रो फलोअपबाट बिरामीले ओ.पि.डि चार्जमा २० प्रतिशत छुट पाउनेछन् भने ल्याब र रेडियोलोजी परिक्षणमा समेत २० प्रतिशत छुट पाउने अस्पतालले जनाएको छ। यो सुविधाका लागि नेपालगन्ज मेडिकल कलेज नेपालगंज (नर्सिङ्ग होम) बाट लिएको आधिकारिक रेफरल कार्ड बिरामीले अनिवार्य देखाउन पर्ने जानकारी दिईएको छ । 

वि.सं.२०५३ सालमा स्थापना भएर नेपालको स्वास्थ्य तथा चिकित्सा विज्ञान क्षेत्रमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x