२३ कार्तिक २०८३, आईतवार

नेपालगन्ज–१७ परसपुरमा जनमत पार्टीको छलफल तथा दीपावली शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न स्थानीयका समस्या र विकासका सवालमा जनतासँग प्रत्यक्ष संवाद

एसीपी संवाददाता

२३ कार्तिक २०८३, आईतवार १६:४४ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, २२ कात्तिक — राष्ट्रिय जनमत पार्टीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरमा स्थानीय नागरिकसँग समसामयिक विषयमा बृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नेपालीहरूको दोस्रो ठूलो सांस्कृतिक पर्व शुभ दीपावलीको अवसर पारेर आयोजित कार्यक्रममा स्थानीय समस्या, जनगुनासा तथा वडाको समग्र विकासका विषयमा छलफल गरिएको हो। कार्यक्रमका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले वडा नम्बर १७ का विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरेका थिए।

सो अवसरमा स्थानीयवासीहरूले आफ्नो क्षेत्रका आधारभूत आवश्यकता, विकास निर्माण, जनसरोकारका विषय तथा विभिन्न समस्याहरू पार्टीका प्रतिनिधि समक्ष राखेका थिए।

स्थानीय नागरिकका गुनासा तथा सुझाव सुन्दै पार्टी प्रतिनिधिहरूले जनताको आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमत पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष उर्फ ‘बुलडोजर बाबा’ले जनताको सुख–दुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले स्थानीय नागरिकसँगको प्रत्यक्ष संवादले जनताका वास्तविक समस्या र आवश्यकता बुझ्न सहयोग पुग्ने उल्लेख गर्दै विकास र जनताको हितका सवालमा निरन्तर क्रियाशील रहने धारणा राख्नुभयो।त्यस्तै, पार्टीका अन्य नेताहरूले पनि स्थानीय तहको विकासका लागि जनताको सहभागिता, सुझाव र सहकार्य आवश्यक रहेको बताउँदै जनतासँगको सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष उर्फ बुलडोजर बाबा, सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, केन्द्रीय सदस्य गफुर खाँ, महिला नेतृ तथा केन्द्रीय सदस्य नसिमुन जहाँ शेष, जिल्ला नेताहरू सहाबुद्दीन हलवाई, साहिद हलवाई, अरुण सिंह, ओमकार सिंह, रामनाथ मण्डल लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी स्थानीय नागरिक तथा पार्टीका कार्यकर्ताहरूले ‘राष्ट्रिय जनमत पार्टी जिन्दावाद’ र ‘बुलडोजर बाबा जिन्दावाद’ लगायतका नारा लगाउँदै पार्टी नेतृत्वप्रति समर्थन व्यक्त गरेका थिए। दीपावलीको शुभकामना आदान प्रदानसँगै सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण वडावासी, सहयोगी तथा शुभचिन्तकप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x