नेपालसरकारको आग्रहमा भारतमा तालिम, भ्रष्टाचार माथी अंकुश लगाउन अख्तियारका अधिकारीहरुलाई विशेष प्रशिक्षण

काठमाडौं २४ गते पौष समाचार एजेन्सी बाट भारत गुजरात । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुलाई भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटी (जीएफएसयू) मा ‘ठगी, घुसखोरी र भ्रष्टाचार निवारण’ विषयमा २१ पुसदेखि तालिम भ्रष्टाचारविरुद्धको विशेष तालिम दिइएको छ । २१ जना अधिकारीहरुको दोस्रो ब्याचले सुरु गरेका हुन् । यसअघि अख्तियारकै २१ जना अधिकारीहरुको पहिलो ब्याचले ३० मंसिरदेखि ५ पुससम्म सोही विषयमा प्रशिक्षण लिएका थिए ।
नेपाल सरकारकै आग्रहमा अख्तियारका कुल ४२ अधिकारीका लागि विशेष कोर्ष बनाएर तालिम सञ्चालन गरिएको छ । भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित छ । नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवं सुशासन कायम राख्न सघाउने विश्वास गरिएको भारत सरकारको पूर्णसहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आईटीईसी) कार्यक्रमअन्तर्गत छ ।
