१३ मंसिर २०८३, शनिबार

नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान

एसीपी संवाददाता

२७ मंसिर २०७८, सोमबार ०१:२१ मा प्रकाशित

२७ गते मङ्सिर २०७८ । नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भएको छ । ८१४ बुथबाट ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्ने छन् ।

महाधिवेशन शुक्रबारबाट सुरु भएको हो ।  एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको लागि प्रतिस्पर्धा हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x