नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन : पोलोराइजेशन’
प्रदेश सम्मेलनमा नदेखिएको तर भईरहेको विषय भनेको आन्तरिक ध्रुवीकरण हो । सत्ता साझेदार दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश बुटवल केन्द्रित छ । सम्मेलनमा गुट र उपगुटको अन्त्य गर्ने भनिएको छ । तर पनि सम्मेलनकै पृष्ठभूमीमा तल्लो तहका कार्यकर्ताहरु हुँदै मथिल्लो तह सम्म नै नयाँ समिकरणका प्रयासहरुका लागी मलजल पुगेको देखिन्छ ।
आगामी महाधिवेशनका लागी समिकरणमा ठुलो फेरवदल हुन सक्ने देखिन्छ । खासगरी सभापति देउवा ‘आउटगोइङ्ग’ छन् । त्यसैले आन्तरिक समीकरणमा आउन सक्ने वदलावलाई लिएर तल्लो तह देखि मथिल्ला तहका नेता तथा कार्यकर्ताहरुमा बाक्लै अन्यौलता पनि देखिन्छ ।
आगामी महाधिवेशनमा डा.शेखर कोइराला नेतृत्व समूह अघि बढ्दा त्यसलाई चुनौति दिन संस्थापनका तर्फबाट देउवाको लिगेसी कस्ले धान्ने हो भन्ने विषय चर्चामा छ । अर्का तर्फ दुई होनहार महामन्त्री थापा र शर्माले महाधिवेशन केन्द्रित समिकरणको नेताका अनुहारमाथि कहिले मोहर लगाउलान भन्ने पनि चर्चा चल्न थालेको छ ।
प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले ‘बोलेर भन्दा काम गरेर देखाउन’ निर्देशनात्मक आफ्ना भनाई राखेर सधैंको जसो केही मिनेटमा भाषण सिध्याय ।
सम्मेलनमा महामन्त्री गगन कुमार थापाका भनाई आफ्नै पार्टी नेतृत्व प्रति कटाक्षपुर्ण र सरकार प्रति लक्षित थिए । पार्टीको सम्मेलनमा २०४६ साल पछी सार्वजनिक ओहोदामा बसेकाहरुको सम्पत्ति छानविन गर्न आबश्यक रहेको भन्ने विषय प्रवेश गराए । महामन्त्री थापाले प्रदेश र संघीय सरकारको काम कारवाही प्रति प्रश्न उठाए । महामन्त्री थापाले संगठनका कुरा कम र सरकार लक्षित धारणामा समय खर्चिए । सम्मेलनमा उपस्थितहरु मध्ये अधिकांश सार्वजनिक पद धारण गरेकाहरु त्यसमाथि पनि स्थानीय तहका जनप्रतिनिधिहरु कै संख्या उल्लेख्य रह्यो।
लुम्बिनी प्रदेश सम्मेलनमा बोल्ने अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक गतिविधि र संगठनका विषयलाई पाखा लगाउँदै बुद्धत्वको विषय उठान गरेर सभापति देउवा माथि सत्तारोहणबाट पर रहन भन्दै अर्को पुस्तालाई अवसर दिनुपर्ने धारण सहित देउवा माथि नैतीक दवाब दिन खोजे ।
सम्मेलनलाई सम्बोधन गरेका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमै हुनुपर्ने विषयलाई महत्वका साथ राखे । त्यसैगरी आगामी निर्वाचनहरुमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने धारणा राखेका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै सह महामन्त्री किशोर सिंह राठौरले वडा देखि संघीय सरकार सम्म कांग्रेस छ तर पनि किन असन्तुष्ट छन कांग्रेसजनहरु भनेर तिखो प्रश्न राखे,सहमहामन्त्री राठौरले यस्को कारण समेत पत्ता लगाउन अपील गरे ।
एकजना केन्द्रिय सदस्य चन्द्र भण्डारीले गरेको भाषण फेरी एकपटक चर्चामा रह्यो ।
जिल्ला जिल्लाबाट पुगेका प्रतिनिधिहरु र आमन्त्रितहरुका साइडलाइन भेटघाटहरुले ग्रुपीज्मको नयाँ अभ्यासहरु भएकाछन् । कार्यक्रम स्थलमा
आ आफ्ना समूहका नेताहरुसँग सञ्जाल प्रयोग हेतु कार्यकर्ताहरुले तस्विर खिचाए ।
सम्मेलनमा यी केही भएका कुरा र नदेखिएका कुराहरु सबै हुन् ।


