२९ माघ २०८२, बुधबार

नेपाली कांग्रेस क्षेत्रीय कमिटी द्वारा खेद प्रकट

एसीपी संवाददाता

५ माघ २०८२, आईतवार १७:२२ मा प्रकाशित

कपिलवस्तु, माघ ४

कपिलवस्तु जिल्लाको नेपाली कांग्रेस क्षेत्र नं ३ क्षेत्रीय कमिटीले प्रेस विज्ञप्ति मार्फत खेद प्रकट गरेको छ।

जिल्लाको निर्वाचन क्षेत्र नं ३ का विरेन्द्र कुमार कनोडिया नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको प्रति क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले एक प्रेस विज्ञप्ति मार्फत उक्त कदम प्रति खेद व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ
बीरेन्द्र कुमार कानोडिया नेपाली कांग्रेस परित्याग गरि ने.क.पा. एमाले मा प्रवेश गरी जानु भएकोमा यस क्षेत्र नं.-३ का नेपाली कांग्रेस क्षेत्र नं.-३ को क्षेत्रीय कार्य समिति तथा यस क्षेत्र का विभिन्न तह र तपका का कार्यकर्ताहरु द्वारा खेद व्यक्त गर्दाछौँ ।
यस क्षेत्रका सबै तह तपका का साथी कार्यकर्ताहरु लाई उच्च मनोबल राखी नेपाली कांग्रेसमा विचलित नभई एकता बद्ध रहना हार्दिक अपील गर्दा छु। साथै केन्द्र बाट निर्णय भई आउने आधिकारिक उम्मेदवार लाई जोडतोड का साथ विजय गराउनाका लागि लागी पर्ने समेत विज्ञप्ति मार्फत आहवाहन गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x