१३ मंसिर २०८३, शनिबार

नेपाली काङ्ग्रेस महाधिवेशन सभापतिमा देउवा जित्ने पक्का

एसीपी संवाददाता

२६ मंसिर २०७८, आईतवार ०१:२१ मा प्रकाशित

२६ गते मङ्सिर २०७८ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँदेखि केन्द्रसम्म कांग्रेसकै सरकार बनाएर देखाउने घोषणा गरेका छन् ।

कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई समापन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्मको सरकार कांग्रेसकै बन्ने दाबी गरेका हुन् । उनले ओली नेतृत्वको सरकार हुँदा मुलुकमा डर त्रास व्याप्त रहेकोमा अहिले त्यसबाट देशलाई मुक्ति मिलेको बताए । उनले ओली प्रवृतिबाट मुक्त गर्न नेपालमा कांग्रेस युक्त सरकार आवश्यक रहेको बताएका छन् ।

यसका साथै देउवाले कम्युनिस्ट शासनबाट मुक्त गर्न एक पटक आफूलाई कांग्रेस सभापतिमा निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । ‘कांग्रेसलाई पहिलो पार्टी बनाएर देशको नेतृत्वमा ल्याऔं । कांग्रेसलाई स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्ने पार्टी बनाउने जिम्मा म लिन्छु ।

तपाईं एक पटक मलाईं निर्वाचित गराउनुहोस्,’ उनले भने । ‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु,’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x