२५ आश्विन २०८३, आईतवार

नेपाल-भारत नागरिक एप र आधार कार्ड एकीकृत गर्ने तयारी

एसीपी संवाददाता

२६ माघ २०८१, शनिबार १२:५० मा प्रकाशित

भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच नेपाल नागरिक एप र भारतको आधार कार्ड एकीकृत गर्ने सम्भावनाबारे छलफल भइरहेको खुलासा गरेका छन्। उनले काठमाडौँमा आयोजित नेपाल-इन्डिया स्टार्टअप कनेक्ट कार्यक्रममा बोल्दै यस योजनाले दुवै देशका नागरिकहरूको आवागमनलाई सहज बनाउने बताए।

उक्त कार्यक्रममा नेपाली तथा भारतीय स्टार्टअपहरूबीच सहकार्य बढाउने उद्देश्यसहित लगानीकर्ता, उद्यमी, र नीति निर्माता भेला भएका थिए। राजदूत श्रीवास्तवले नेपालले प्रविधि क्षेत्रमा तीव्र प्रगति गरिरहेको उल्लेख गर्दै नेपाली कम्पनीहरू डिज्नी जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूसँग VR परियोजनामा काम गरिरहेका र न्यूयोर्क स्टक एक्सचेन्जसम्म पुगेका उदाहरण दिएका छन्।

उनले नेपालले फिनटेक, यातायात, र ई-कमर्स क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउँदै भारतका १०० भन्दा बढी स्टार्टअपहरूले युनिकर्न (अर्बौं मूल्यांकन)को स्तर हासिल गरिसकेको उल्लेख गरे। साथै, उनले भारतले आफ्ना स्टार्टअपहरूलाई बलियो बनाउन लगातार समर्थन गरिरहेको बताउँदै नेपाली स्टार्टअपहरूसँगको सहकार्यलाई अझ व्यापक बनाउन चाहेको बताए।

कार्यक्रममा दुवै देशका स्टार्टअप इकोसिस्टमबीच सहकार्य बढाउने, नवीन प्रविधिहरूको प्रयोग गर्दै लगानीको अवसर सिर्जना गर्ने विषयमा छलफल भएको थियो। नागरिक एप र आधार कार्डको सम्भावित एकीकरणले नेपाल-भारत साझेदारीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x