१ श्रावण २०८३, शुक्रबार

नेपाल भारत मैत्री संगठनको उपत्यका समिति चयन

एसीपी संवाददाता

३ पुष २०८१, बुधबार ०९:४१ मा प्रकाशित

काठमाडौं – नेपाल- भारत मैत्री संगठनको काठमाण्डौको क्षेत्रपाटी पार्टी प्यालेसको सभाहलमा काठमाण्डौ उपत्यका स्तरिय भेलाको आयोजना गरियो ।
भेलाले  निर्मला श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय काठमाण्डौ उपत्यका कमिटी गठन भएको छ । कमिटीमा उपाध्यक्ष क्रमश : दिलमाया तामाङ, सुधा जोशी, ज्योती बानिया सचिवमा सुरेन्द्र बहादुर पाण्डे कोषाध्यक्षमा सावित्रा क्षेत्री, सह सचिवमा करुणा धमला र सहकोषाध्यक्षमा निरा थापा सर्वसम्मतले चयन भएका छ्न ।
भेलाको अध्यक्षता नेपाल भारत मैत्री अन्तरास्ट्रिय कमिटी अध्यक्ष अनुप कुमारले गर्नु भएको थियो । भेलालाई प्रमुख अतिथि काठमाण्डौ महानगरका पुर्व मेयर राजाराम श्रेष्ठ, विशिष्ट अतिथि पुर्व मन्त्री कुन्ति शाही, नेपाल जनता पार्टीका वरिष्ट उपाध्यक्ष खेम आचार्यले सम्बोधन गर्नु भएको थियो । नेपाल भारत मैत्री संगठन का महासचिव सम थापाले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।   नेपाल भारत मैत्री संगठन को उद्देश्य भनेको नेपाल भारत सम्बन्ध थप बिस्तार गर्ने रहेको छ । तराई पहाड हिमाल सम्मको भारत नेपाल  को सम्बन्ध अझै प्रगाढ हुने बिश्वास ब्यक्त गरे । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x