१ श्रावण २०८३, शुक्रबार

नेपाल भारत मैत्री संगठन चितवनको जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्र पौडेल चयन

एसीपी संवाददाता

२३ मंसिर २०८१, आईतवार १३:२२ मा प्रकाशित

भरतपुर ।  नेपाल भारत मैत्री संगठनको जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्र प्रसाद पौडेल चयन भएका छन् ।
भरतपुर ९ शरदपुरस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा आज भएको सो समितिको भेलाले अध्यक्षमा पौडेललाई सर्वसम्मतले चयन गरेको हो ।
यसैगरी उपाध्यक्षमा कल्पना पौडेल खड्का र बाबुराम गैरे, सचिबमा राजकुमार लामिछाने, सहसचिवमा दिनेश प्रसाद बडु, कोषाध्यक्षमा चन्दना कोइराला र सदस्यहरुमा अजित अधिकारी, खोतराज घिमिरे र बिष्णु प्रसाद कंडेल सहित पछि थप हुनेगरी १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नेपाली र भारतीय जनताबीच सुमधुर सम्बन्ध बिस्तार, मैत्रीभावको विकास, सांस्कृतिक आदानप्रदान, धार्मिक पर्यटनको सम्भाव्यता अध्यन र बिस्तार, शिक्षा संस्कृति र व्यापार सहित उद्यम क्षेत्रमा सहकार्यका लागि नागरिकस्तरबाट गरिने योगदान आदिको बिकास गराउनका लागि पहिलोपटक जिल्लामा कार्यसमिति निर्माण गरिएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अनुप कुमारले जानकारी दिए।

चितवनमा बनेको पहिलो कार्यसमितिले आगामी कार्ययोजना निर्णय र प्रस्ताव छिट्टै घोषणा गर्ने समितिका नवनिर्वाचित अध्यक्ष तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए।
कार्यक्रममा नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार, अन्तर्राष्ट्रिय इन्चार्ज सम थापा, बिश्व हिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेल, धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाज लगायतका विभिन्न सामाजिक तथा धार्मिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । चितवनपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x