नेबिसंघको सक्रीयता बढदै

माघ २२ गते एजेन्सी । नेपाल विद्यार्थी संघले लगभग एक बर्षपछि नेतृत्व पाएको छ र विभिन्न भेगका विद्यार्थी नेतालाई पदाधिकारीमा मनोनयन गर्दै केन्द्रीय कार्यसमिति बिस्तार हुँदै गइरहेको छ। पदाधिकारी मनोनयनमा गण्डकी प्रदेश अर्थात प्रदेश नं ४ बाट तनहुँका दिपक भट्टराई र स्याङ्जाका युवराज पाण्डे पनि महामन्त्री बने। तर गण्डकी प्रदेशको राजधानी कास्की जिल्लाबाट हालसम्म कुनै विद्यार्थी नेता पनि ने.बि.संघको पदाधिकारीमा मनोनीत भएका छैनन्।
नेपाल विद्यार्थी संघ कास्कीका निबर्तमान सभापति बिकास थापाले उक्त बिषयलाई लिएर कास्कीबाट कमसेकम १ जना पदाधिकारी केन्द्रीय समितिमा प्रतिनिधित्व हुनुपर्छ भनेर काठमाडौँमा पार्टी नेतृत्वसंग निरन्तर छलफलमा छन्।
प्रदेशको राजधानी अनि देशको ठुलो सहर साथै नेबि संघको महाधिवेशनमा सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि हुने जिल्लाबाट अहिलेसम्म कुनै विद्यार्थी नेताको नाम पदाधिकारीमा नहुनु दुःखद रहेको विद्यार्थी नेता थापाले जनाए। थापाले बांकी रहेका पदाधिकारीमा ककसेकम एक जना कास्की जिल्लाबाट हुनुपर्ने अडान पार्टी नेतृत्वसंग राखेको उनी निकट स्रोतले जानकारी दियो।
