१४ मंसिर २०८०, बिहीबार
न्युजिल्यान्डलाई हराउँदै भारतको लगातार पाचौ् जित

बिकास खडका – भारतमा भईरहेको बिश्व कप २०२३ को पाचौं खेलमा भारतले न्युजिल्यान्ड लाई पराजित गरेको छ । २ सय ७४ रनको लक्ष्यको जवाफमा भारतीय टोलीले ६ विकेट गुमाएर खेल जितेको हो । विराट कोहलीले १०४ बलमा ९५ रनको इनिङ खेले । कप्तान रोहित शर्माले ४६, रविन्द्र जडेजाले ३९ र केएल राहुलले ३३ रन बनाए । किवीका लागि लोकी फर्गुसनले २ विकेट लिए ।
यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डको टोलीले २७३ रन बनाएको थियो । ड्यारेल मिचेलले १२७ बलमा १३० रनको शतकीय इनिङ खेले । रचिन रविन्द्रले ८७ बलमा ७५ रन बनाए । ग्लेन फिलिप्सले २३ रन बनाए । उनी बाहेक अरु कुनै ब्याट्सम्यानले २० रनको अंक छुन सकेनन् । भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । बुमराह र सिराजले १–१ विकेट लिए । सात मैच जितने टिम सेमिफाईनल मा जानेछ ।
Subscribe
Login
0 Comments