२ आश्विन २०८३, शुक्रबार

पत्रकार रुपनी जिएमको फेसबुक पोस्ट मे के ?

एसीपी संवाददाता

१७ असार २०७९, शुक्रबार १६:०९ मा प्रकाशित

स्थानिय तह, जिल्ला र प्रदेश यी ठाउँहरुमा राजनीति गर्छु भनेर लागेकाहरुले एउटा कुरा के बुझ्न आवश्यक छ भने राष्ट्रिय स्तरमा छवी बनाएका नेताहरुको खेदो आफ्नो गाउँ ठाउँमै बसेर खन्नुको कुनै तुक छैन । यत्तिपनि बुद्धि छैन भने राजनीति नगर्दा नै हुन्छ । गर्ने नै हो भने स्वयम आफुलाई र समाजलाई काम लाग्न सक्ने सही विवेक प्रयोग गर्न सिकौं । 

देश र जनताको सर्वोपरी हितका निम्ति अन्तराष्ट्रिय कुटनीति गर्ने क्षमता भएका नेताहरुको बारेमा सामाजिक सञ्जालमा, चिया चमेनाहरुमा, गाउँघरको चौताराहरुमा या २÷४ जना सर्वसाधारण जनतालाई आफ्नो वरीपरी राखेर नकारात्मक टिकाटिप्पणी गर्ने बानी भएकाहरुले यो तस्वीरबाट अब पनि केही सिकेनन् भने अलिअलि बनाएको स्तर पनि आफ्नै गाउँठाउँमा खसाल्दै जानु बाहेक अरु हाता लाग्ने केही हुँदैन है ।

बाम एकताका निम्ति एमाले अध्यक्ष केपी ओली र वामदेव गौतम बीच ओली निवास बालकोटमा भेटवार्ता । बामदेवको बारेमा अनावश्यक विष ओकल्नेहरुकालागी गतिलो झापड हो यो तस्विर । तस्बिरः प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको फेसबुकबाट ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x