पहिलो पटक चीन बाहिर कोरोनाभाइरसको सङ्क्रमणबाट एकको मृत्यु

माघ १९ गते एजेन्सी । पहिलो पटक चीन बाहिर कोरोनाभाइरसको सङ्क्रमण भएका एक व्यक्तिको पहिलो मृत्यु भएको पुष्टि भएको छ । विश्व स्वास्स्थ संगठनले संकटकालको घोषणा गरेको छ ।
तर फिलिपिन्समा मृत्यु हुने ती ४४ वर्षीय व्यक्ति चिनियाँ नागरिक हुन् र उनी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनको वुहानबाट फिलिपिन्स गएका थिए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार फिलिपिन्स आउनुअघि नै उनमा सङ्क्रमण भएको सङ्केत देखिन्थ्यो।
अहिलेसम्म कोरोनाभाइरसको महामारीमा १४,००० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ३०० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। अधिकांश बिरामीहरू चीनको हुबे प्रान्तमा छन्।
चीनबाट ‘नेपाली नागरिकको उद्धार गर्न नेपाल वायुसेवा निगमको विशेष विमान पठाइने भएको छ । नेपाल सरकारले नेपालीहरुको उद्दार गर्न विभिन्न उपायहरु बारेमा सचेत रहेको छ ।
कोरोनाभाइरसको सङ्क्रमण रोक्न विभिन्न देशद्वारा सीमानाका बन्द गरेका छन ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण विश्वभरि सङ्कट उत्पन्न भएको बताएको छ।
अमेरिका, अस्ट्रेलिया र अन्य देशहरूले चीनबाट विदेशी नागरिकहरूलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका छन् भने आफ्ना नागरिकलाई अलग्गै राख्ने व्यवस्था गरेका छ्न ।
अहिलेसम्म ३०४ जनाको मृत्यु भएको पुष्ठि भएको छ भने २५०० भन्दा अझै समस्याग्रस्त रहेकोे अन्तर्राष्ट्रिय सचारमाध्यमले जनाएको छ ।
