१ श्रावण २०८३, शुक्रबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा जेलमुक्त

एसीपी संवाददाता

९ कार्तिक २०८१, शुक्रबार ११:१७ मा प्रकाशित

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले तोशाखानासँग सम्बन्धित मुद्दामा जमानत पाएकी छिन् । इस्लामावाद उच्च अदालतले बुशरालाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । बुशरा विगत ९ महिनादेखि रावलपिंडीको अडियाला जेलमा बन्दी थिइन् । उनलाई कडा सुरक्षामा यहाँबाट रिहा गरिएको हो ।

बुशरा रिहा भएलगत्तै बुशरा आफ्नो घर बनी गाला गएकी थिइन् । यहाँ उनले पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई) का नेताहरूसँग भेट गर्नेछिन्। उनको रिहाइको जानकारी पीटीआईले ट्विटरमा पोस्ट गरेको छ।

यसअघि १३ जुलाईमा इमरान खान र बुशरालाई इद्दत अर्थात् नक्कली विवाह मुद्दामा सफाइ दिइएको थियो । तर, त्यसको केही घण्टापछि नै दुवैलाई राष्ट्रिय एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले पक्राउ गरेको थियो । इमरान खान अहिले पनि यही जेलमा छन् । पाकिस्तान का पुर्ब प्रधानमन्त्री ईमरान सहित यस्ता दर्जनौं नेताहरु जो सत्ता पछि जेल मा पर्ने गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x