६ श्रावण २०८३, बुधबार

पाकिस्तानको बलुस्चितानमा सेनासँग खुला सडकमा युद्ध शुरु

एसीपी संवाददाता

७ कार्तिक २०८२, बिहीबार १७:४० मा प्रकाशित

बलुचिस्तानको मंगुचर कलाटमा रातारात हिंसा भड्कियोएको छ ।  अक्टोबर २२ को राति क्वेटा-कराची राजमार्गमा पाकिस्तानी सेना र सशस्त्र आतंककारीहरू बीच भयंकर झडप भएको हो ।

ड्रोन बम विष्फोट र गोलीबारीले क्षेत्रलाई युद्धभूमिमा परिणत भएको हो ।  यो अशान्तिले बलुच पृथकतावादीहरू र तालिबानद्वारा बढ्दो विद्रोहको संकेत गर्दछ, जसले पाकिस्तानलाई अस्थिरताको छेउमा धकेलदै गएको छ।

बलुचिस्तानको कलाट जिल्लाको मंगुचर क्षेत्रमा रातभर भएको गोलीबारी र विस्फोटले फेरि एक पटक आन्तरिक सुरक्षामाथि प्रश्न उठाएको छ। सामाजिक सञ्जाल र स्थानीय रिपोर्टहरूका अनुसार, क्वेटा-कराची राष्ट्रिय राजमार्ग (N-25) मा सडक अवरोधको क्रममा पाकिस्तानी सुरक्षा बल र सशस्त्र विद्रोहीहरू बीच ठुलो झडप भएको थियो। रिपोर्टहरूले आक्रमणमा पाकिस्तानी सेनाको हरु घाइते भएको दाबी गरेको छ भने विद्रोहीहरू सुरक्षित रहेको दाबी गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x