१ श्रावण २०८३, शुक्रबार

पाकिस्तानमा ठुलो बिस्फोट २१ जनाको मृत्यु , ३० घाइते

एसीपी संवाददाता

२४ कार्तिक २०८१, शनिबार १२:४८ मा प्रकाशित

एजेन्सी –  पाकिस्तानको क्वेटामा रहेको रेलवे स्टेशन भित्र ठूलो विस्फोट भएको छ, जसमा २१ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएको बताइएको छ। क्वेटाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मोहम्मद बलोचले मिडियालाई भने कि यो घटनामा १६ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।

जियो न्यूजको रिपोर्टका अनुसार प्रारम्भिक रिपोर्टहरूले रेलवे स्टेशनको बुकिङ अफिसमा रेल प्लेटफर्ममा पुग्नु अघि नै विस्फोट भएको देखाएको छ। रेलवे अधिकारीहरूले भने कि जाफर एक्सप्रेस बिहान 9 बजे पेशावरको लागि छुट्ने तालिका थियो। स्टेशनमा भीडलाई ध्यानमा राख्दै मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बलुच आर्मीले जिम्मेवारी लियो

बलुच लिबरेशन आर्मीले यस विस्फोटको जिम्मेवारी लिएको छ। बलुच लिबरेशन आर्मी (बीएलए) का प्रवक्ताले भने, “हामी क्वेटा रेलवे स्टेशनमा पाकिस्तानी सेनामाथि भएको आत्मघाती हमलाको जिम्मेवारी लिन्छौं। आज बिहान, क्वेटा रेलवे स्टेशनमा पाकिस्तानी सेनाको एक इकाईमा आत्मघाती आक्रमण गरिएको थियो जब उनीहरू इन्फन्ट्री स्कूलबाट पाठ्यक्रम पूरा गरेर जाफर एक्सप्रेसबाट फर्कदै थिए। यो हमला बीएलएको आत्मघाती इकाई माजिद ब्रिगेडले गरेको थियो। विस्तृत जानकारी छिट्टै मिडियालाई दिइनेछ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x