१३ मंसिर २०८३, शनिबार

पाकिस्तानमा स्वास्थ्य सङ खेल गर्दै पाकिस्तानी अगुवाहरु

एसीपी संवाददाता

२२ मंसिर २०८०, शुक्रबार ११:५१ मा प्रकाशित

इस्लामावाद । पाकिस्तानको उत्तरी वजिरिस्तानका जातीय अगुवाहरुले पोलियोविरुद्धको खोप अभियान बहिष्कार गर्न उर्दी जारी गरेका छन् । उत्तरी वजिरिस्तानमा उथमानजाइ समुदायका अगुवाहरुको भेला (जिर्गा) ले पोलियोविरुद्धको खोप अभियान बहिष्कार गर्ने घोषणा गरेको हो ।

उक्त जिर्गाले आफ्नो जिल्लामा विधिको शासन बहाल नभएसम्म, स्रोत साधनको समान वितरण प्रत्याभूत नभएसम्म र बेपत्ता पारिएका व्यक्तिहरु रिहा नभएसम्मका लागि खोप अभियान बहिष्कार गर्ने घोषणा गरेको हो ।

जिर्गाले बच्चालाई खोप लगाउने परिवारलाई जनही ५ लाख जरिवाना तिराउने निर्णय समेत गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

त्यसबाहेक ३० सदस्य रहेको उथमानजाइ जिर्गाले आफ्ना मागहरुबारे सम्बन्धित अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको जिर्गाका प्रवक्ता मुफ्ती बैतुल्लाहलाई उद्धृत गर्दै डनले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x