पुर्ब प्रधानमन्त्री ओलिले एमसीसी बारेमा वैदेशिक चलखेलका कारण रोक्नु हुदैन बताएका छ्न
२७ गते मङ्सिर २०७८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि एमसिसीको पक्षमा देखिएका छन्। सत्तामा हुँदा एमसिसी पारित गराउनुपर्ने भन्दै आएका ओलीले विरोध गर्नेहरुले नबुझेको बताउने गरेका थिए।
सत्ताबाट बाहिर आएपछि उनले एमसिसीका सम्बन्धमा स्पष्ट धारणा दिएका छैनन्। उनले सत्ताको कुरा रहेको र सत्ताको धारणा आएपछि आफूहरुले त्यसअनुसार के निर्णय गर्ने स्पष्ट हुने भन्दै ओली एमसिसीको समर्थनबाट ढुलमुले तर्कमा पुगेका थिए।
तर चितवनमा भएको महाधिवेशनबाट एमालेको नयाँ समिति बनेसँगै ओली फेरि एमसिसीको समर्थनमा देखिएका हुन्। शनिबारदेखि सुरु भएको एमालेको नयाँ निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकमा ओलीले एमसिसीको पक्षमा अभिव्यक्ति दिएका हुन्।
स्रोतका अनुसार ओलीले शनिबार बैठकमा भने, ‘सरकारमा अविछिन्न उत्तराधिकार हुन्छ। अघिल्लो सरकारले गरेका कामको स्वामित्व त्यसपछिको सरकारले लिनुपर्छ। एमसिसीका सन्दर्भमा हामीले राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्छ । अन्धराष्ट्रवादको भावनामा बगेर राष्ट्रिय स्वार्थको महत्वलाई कम गरिनु हुँदैन।’
ओलीले एमसिसीका सन्दर्भमा पार्टीले छलफल गरेर उचित निर्णय लिनुपर्ने भन्दै राष्ट्रको समग्र हितलाई केन्द्रमा राखिनुपर्ने दाबी गरेका हुन्। उनले उचित निर्णय लिएर एमसिसी पारित गर्नुपर्ने पक्षमा पार्टीको बैठकमा अभिव्यक्ति दिएका हुन्।
सरकारले आउँदो संघीय संसदको अधिवेशन बोलाएको छ। यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार छ। यही परिवेशमा ओलीले पनि एमसिसीको पक्षमा अभिव्यक्ति दिएका हुन्।
भिम रावल र धनश्याम भुसालहरु बिनाको एमाले एमाले हुनै सक्दैन : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन् । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा सचिवज भट्टराईले रावललाई स्थायी कमिटी सदस्यमा मनोनित गर्न माग गरेका हुन् ।
अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेकोमा त्यस सूचीमा अध्यक्षमा पराजित भीम रावलको नाम छैन।
बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् । उनले वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत आग्रह गरेका छन् ।
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीमा थप्न प्रस्ताव गरिएको नामलाई लिएर असन्तुष्टि व्यक्त भएको छ।
भक्तपुरमा जारी बैठकमा केन्द्रीय कमिटीमा थप गर्नका लागि विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईं लगायत ४४ जनाको नाम प्रस्ताव गरिएको थियो।
तर, छलफल बिना नै नाम प्रस्ताव गरिएको भन्दै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट लगायतले असन्तुष्टि जनाएका हुन्।
नाम प्रस्ताव गर्दा पदाधिकारीहरूबीच छ्लफल नभएको उनीहरूको भनाइ छ। उनीहरुले छलफलपछि मात्रै नाम प्रस्तावित गर्नुपर्ने धारणा राखेका छन्।
अष्टलक्ष्मी शाक्यले भने अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताएकी छन् । यसअघि नै छलफल र सल्लाह नभएको भन्दै उनले आपत्ति जनाएकी थिइन् । ‘अध्यक्षले सल्लाह गर्नु भए सजिलो हुन्थ्यो । छलफल भएन ।
यस्तै उपाध्यक्ष युवराज ज्ञवालीले ओलीको प्रस्तावमा आपत्ति जनाएका छन् । उनले भने, ‘एउटा मापदण्ड बनाएर निर्णय गरिएन भने चित्त बुझाउने ठाउँ दिइएन भने समस्या सिर्जना गर्छ ।
१९ जनाको टिमले सल्लाह गरौँ । दिनरात छलफल गरौं । छलफल गरिएन सामूहिक नेतृत्वमा पार्टी चलाउँ मेरो यही अनुरोध छ,’ ज्ञवालीले भने ।
प्रस्तावित नाममा केही केन्द्रीय सदस्यहरूले पनि असन्तुष्टि जनाएका छन्। बैठकमा अहिले केन्द्रीय कमिटी सदस्यले प्रस्तावित नामका बारेमा आफ्नो भनाइ राखिरहेका छन्।


