पुर्व मन्त्री राईको दबाबमा बाँके प्रहरीद्धारा वडा अध्यक्ष मो. सफिक बेहना संग सोधपुछ गरेको आरोप
नेपालगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै मधेश केन्द्रित आन्दोलन गर्दै आएको छ ।
जसपाले सोमबार नेपालगञ्जमा आयोजना गरेको बिरोध सभामा जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य पुर्व मन्त्री मोहम्मद इस्तियाक राईले जंग बहादुर राणा देखि राजा ज्ञानेन्द्र सम्मलाई लक्षित गरि अभिव्यक्ति दिए पछि राजाबादीहरु आक्रोशित बनेका छन् ।

राप्रपा बाँकेका सहसचिव एवं नेपालगञ्ज उपमहानगरपालिकाका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले राइले दिएको अभिव्यक्ति नेपालगञ्जको एउटा अनलाइनमा प्रकाशित भए पछि उक्त अनलाईनको समाचारलाई फेसबुकमा सेयर गर्दै स्टाटस लेखे पछि पुर्व मन्त्री राइले आफ्नो प्रतिष्ठामा आच पुगेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर क्राइम सम्बन्धि उजुरी दिएका छन् । यता पुर्व मन्त्री राइले दबाब पछि बाँके प्रहरीले वडा अध्यक्ष बेहनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा बोलाएर सोधपुछ गरि छाडेको छ । पुर्व मन्त्री राइले दिएको अभिव्यक्तिलाई लिएर फेसबुकमा स्ट्याटस लेखेको भरमा राइको दबाबमा बाँके प्रहरीले छलफलका लागि बोलाइएको अध्यक्ष बेहनाले बताउनु भयो ।
स्रोतका अनुसार पुर्व मन्त्री राईले राजा र राजाबादीहरुलाई लक्षित गरी दिएको अभिव्यक्तिलाई लिएर राजाबादीहरुले सार्वजनिक अपराध र मानहानीको मुद्दा दर्ता गराउने तयारी गरेकोले राईको मुद्दा दर्ता नगरी संबाद मार्फत निकास निकाल्ने प्रहरीले तयारी गरेको छ ।
यद्यपि संवाद मार्फत समस्या समाधान नभए नेपालगञ्जमा राजनितिक रुपमा द्धन्द हुने सक्ने राजनितिक जानकारहरु बताउँछन् ।
यता वडा अध्यक्ष बेहना जिल्ला प्रहरी कार्यालयबाट फर्किए पछि युथ टुडे संग कुरा गर्दै भन्नु भयो, ‘मैंले राइले बोलेको कुरालाई कोट गरि एउटा अनलाइनमा प्रकाशित समाचारलाई मैले सेयर गर्दै स्टाटस लेखेको हो ।’ उहाँले भन्नुभयो, पुर्व मन्त्री राइले राजाबादीहरु चरित्र हत्या गरेकोले उनले माफि मागे आफु स्टाटस फिर्ता लिन तयार रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको रोहबरमा बिहिबार छलफल हुने बेहनाले बताउनु भयो । थुथटुडे


