१३ असार २०८३, शनिबार

दार्चुला नेपाल-भारत सिमानाकाबाट एकै दिन १४ सय बढीको आवत जावत गराईयो

एसीपी संवाददाता

२९ पुष २०७७, बुधबार १४:४१ मा प्रकाशित

एस.एस.सुगन्धा एसिपि न्युज – अहिले जहाँ कोरोना महामारीको खतरापूर्ण अवस्था पुर्ण रूपमा समाप्त नभएको बेलामा नेपाल् भारतको आपसी मेल मिलापको माध्यमले विभिन्न सिमानाकाबाट नेपालीहरु सजिलैसँग आवत जावत गर्ने सहज परिस्थिति बन्दै गएको छ । जस अनुसार गत पौष २६ गते सोमबार दार्चुला जिल्लाबाट बिहान १०: ४२ बजेबाट मध्यान्ह ४; २० बजे सम्म नेपाल देखि भारत आवत जावत गर्न दिएको स्थानीयले बताएका छ्न । दार्चुलाको महाकाली नगर पालिकाको वडा नम्बर ४ खलंगा स्थित रहेको पुलबाट नेपाल् बाट भारत तर्फ कमाई गर्न जान खोजेको नागरिकहरु आवत जावत गर्न दिएको हो । नेपाल-भारत सिमा नाकाबाट अहिले स्थानीय प्रहरीकै सहयोग समन्वयमा भारतिय सिमा सुरक्षा बल एस एस बी को सहयोग सहकार्यमा आवत जावत गर्न दिएको हो । कोभिड १९ कोरोना भाइरसका बेला र दसै तिहारका बेला घर फर्केका नेपालीहरु चिसो मौसम भारत तर्फ सिमला हिमान्चल प्रदेश लगाएत स्थानमा काम गर्न जाने साथै भारत स्थित रहेको धार्चुला बजार आफ्नो व्यापार ब्यवसाय गर्दै आएका छ्न । स्थानीय नेपाल प्रहरी र भारतीय प्रहरी सहित दुबै देश्का सुरक्षा न्निकायले स्थानीय जनताका लागि उल्लेखनीय काम गर्दै आवत जावत गर्न खोजेकाहरुका लागि स्थानीय प्रशासनलाई जानकारी गराई पास पाएकालाई र अतिरिक्त प्रयोजनका लागि प्रसासनबाट पास बनाएकाहरुलाई भारतिय प्रशासनसङ समन्वय गरि आवत जावत गराउन खुल्ला गरि हारा-हारीमा चौदह- साढ़े चौदह सय नेपाली नागरिक आवत जावत गराई पुनः सिमानाका बन्द गरिएको स्थानीयहरुले जनाएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x