प्रतिबन्धहरू हटाइएको दुई सातामा चीनमा पुनः महामारी
एजेन्सी = कोरोना भाइरस नियन्त्रणका लागि जारी प्रतिबन्धहरू हटाइएको दुई सातामा चीनमा पुनः महामारी फैलिएको छ ।कोरोनाविरुद्ध ‘शून्य सहनशीलता नीति’ अख्तियार गर्दै आएको चीनले डिसेम्बर ८ देखि सावधानीका विकल्पसहित लचकता अपनाउन थालेको थियो ।
विगत एक महिनामा देशभरिबाट सङ्कलन गरिएका कोभिड सङ्क्रमितका जीन सीक्वन्सिङ गर्दा नेपालमा भने चीनमा धेरै फैलिएको सबभेरिअन्ट बीएफ.७ पुष्टि नभएको मन्त्रालयले जनाएको छ। पूर्वसावधानीका पुरानै उपायहरू पालना गर्नुपर्ने” बताउँछन्।”जुनसुकै फरक स्वरूपमा आए पनि कोभिड सर्ने तरिका र यसका लक्षण धेरैजसो एकै हुन्, बच्ने तरिकाहरू समेत एकै हुन् “अहिले गर्ने सबैभन्दा महत्त्वपूर्ण भनेको बूस्टर खोप लगाउनु, सामाजिक दूरी, निस्सङ्क्रमणका उपाय अपनाउनु नै हो। बूस्टर लगाएको पनि धेरै समय भएको भए मास्क नछुटाउनु राम्रो हुन्छ।”
पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्ध जारी रहेका बेला एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएपछि प्रदर्शन चर्केको थियो । भाइरससम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन चर्काएका थिए । उरुम्चीबाट सुरु भएको प्रदर्शन बेइजिङ, सांघाई, नान्जिङ, गोङजाउ, गोङजाउ, चोङकिङलगायतका सहरमा फैलिएको थियो । विश्वका अधिकांश देशले कोरोना सँगसँगै बाँच्ने नीति अख्तियार गरेपनि चीनले प्रतिबन्धहरू नहटाएपछि प्रमुख सहरहरूमा विरोध प्रदर्शन चर्केको थियो । राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन चर्किएपछि चीन शून्य कोभिड नीतिबाट पछि हट्न बाध्य भएको थियो । करिब ३ वर्षदेखि कडा प्रतिबन्धहरू जारी गरेको चीनले लचिलो नीति लिएसँगै भाइरसको संक्रमण फैलिएको हो ।
तीन वर्षदेखि चीनले भाइरस परीक्षण र कडा लकडाउनमा जोड दिएको भए पनि त्यही रूपमा खोप लगाउने काम भने हुन सकेको छैन । खोप लगाउन सर्वसाधारणलाई अनिवार्य गरिएको छैन भने स्थानीयस्तरमा उत्पादित खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ । तर विभिन्न अनुसन्धानले ती खोप अन्तर्राष्ट्रिय रूपमा उत्पादित अन्य खोपको तुलनामा कम प्रभावकारी भएको पुष्टि भइसकेको छ । जसका कारण करिब डेढ अर्ब मानिसको जीवनयापन कष्टकर बनिरहेको छ ।
तर पनि चीनले भाइरसको असरलाई सफलतापूर्वक निकै न्यून स्तरमा राख्न सफल भएको थियो । पछिल्लो दुई सातामा देखिएको नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ को तीव्र संक्रमणले भने चीन अफ्ट्यारोमा पर्ने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय चीनका अस्पतालहरू संक्रमितले भरिन थालेका जनाएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख माइकल र्यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष (आईसीयू) भरिएका जस्तो देखिएको बताए । ‘चीनका आईसीयूमा निकै कम बिरामीहरू रहेका जनाइएको छ । तर आईसीयूहरू भरिँदै गएका छन्,’ उनले भनेका छन् ।



