१७ मंसिर २०८०, आईतवार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पहुँचवाला एमालेकै नेता

एसीपी संवाददाता

८ माघ २०७६, बुधबार ०८:२२ मा प्रकाशित

कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अनुदान पाउनेमा पहुँचवाला नेता परेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधी बनाएर पहुँचका आधारमा करोडौ वितरण गरिएको हो। 
कैलालीमा शीतभण्डार चलाउन तत्कालिन एमालेको भातृ संगठन अनेरास्ववियुको डडेल्धुरा अध्यक्ष रहेका नविन शाहुले ११ करोडको सम्झौता गरेका थिए।

दुई करोड २० लाख पेस्की बुझेर उनी काम नगरी बसेका छन्। कैलालीको गोदावरी नगरपालिका–७ मा शीतभण्डार बनाउन परियोजनाले सफल एग्रो फार्म प्रालिसँग सम्झौता गरेको होे। माघ २०७७ मा सक्ने गरी २७ माघ २०७५ मा सम्झौता भएको थियो ।

तर, अहिलेसम्म शीतभण्डारको भवनको जगसमेत तयार भएको छैन् । ६ महिनाअघि खनिएको फाउन्डेसनमा पानी जमेर पोखरी बनेको छ। निर्माणस्थलमा राखिएका बालुवा छरिएका छन्। दुई करोड २० लाख अनुदान बुझिसकेर सञ्चालक काम नगरी बसेका छन्। 

गोदावरी–७ स्थित पूर्वपश्चिम राजमार्गबाट पाँच सय मिटर दक्षिणतर्फ आफ्नै जग्गामा शीतभण्डार चलाउने भनेर शाहुले सम्झौता गरेका थिए। उनी तत्कालीन एमाले अखिलका पूर्व जिल्ला अध्यक्ष हुन्। ०५४ मा उनी कैलाली अखिलको अध्यक्ष थिए। उनी थप अनुदान भुक्तानीको ग्यारेन्टी नभएकाले कामले गति नलिएको जवाफ दिन्छन्। 

‘एउटै प्रकृतिको योजनामा नेपालगन्जमा गत वर्ष गरेको कामको भुक्तानी सरकारले अहिलेसम्म दिएको छैन,’ साहुले भने, ‘त्यहाँको अवस्था हेरेर यहाँ कोल्डस्टोर निर्माणलाई औपचारिकता नै दिन सकिएको छैन्।’ एक वर्षसम्म भुक्तानी रोकिदिए आफ्नो लगानी डुब्ला भन्ने डरले काम अघि नबढाएको उनको तर्क छ। सभार नयाँ पत्रीका बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x