१३ मंसिर २०८३, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन

एसीपी संवाददाता

२२ पुष २०७८, बिहीबार ०१:५० मा प्रकाशित

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ देखि २७ गते सम्मका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण  अनुमोदन गरेको छ ।

सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको टोलीमा प्रधानमन्त्री देउवासहित २५ छन् ।

चार दिने भ्रमणका लागि निस्कन लागेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट जीटुजीमार्फत मल खरिद गर्न सम्झौता गर्ने निर्णय पनि गरेको छ । भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ ।

पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने भनिएको छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको बताइएको छ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणकै समयमा यस विषयमा सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x