बाँकेको असन्न जिल्ला अधिबेशनमा सभापति पदमा हमालको उम्मेदवारी
११ गते पौष २०७८ । नेपालगन्ज— लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमालले कांग्रेस बाँकेको असन्न जिल्ला अधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी प्रधान मन्त्री शेरबहादुर निकट मानिन्छन् । उनले गृह जिल्ला नेपालगन्ज आएका बेला जिल्ला प्रतिनिधिहरुसंग भेटघाट गर्दै आफू सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन । उनले सभापति पदको उम्मेदवारी घोषणासंगै प्रतिनिधिहरुलाई भेटघाट गर्दै सहयोग गर्न आग्रह गरेका छन् । ‘असन्न जिल्ला अधिबेशनमा सभापतिको पदमा मेरोउम्मेदवारी हो । त्यसका लागि तयारीसमेत गरिरहेको छु,’ गृह जिल्ला नेपालगन्जमा उनले भने ।
वनमन्त्री हमाल पन्चायतकालमै बिद्यार्थी आन्दोलनबाट कांग्रेसमा लागेका हुन । उनी राष्ट्यि खेलकुद परिषदको कोषाध्यक्षसमेत भइसकेका छन् । उनी पुर्ब ओलम्पियन खेलाडी पनि हुन । हमालसंगै कांग्रेस बाँकेको सभापति पदका लागि कोइराला पक्षबाट नारायण गौडेल र देउवा पक्षबाट राजकुमार बर्मा र बादशाह कुर्मीले पनि दाबी गर्दै आएका छन् । कांग्रेसको १४ केन्द्रीय अधिबेशनअघि नै जिल्ला अधिबेशन गर्नुपर्नेमा समय अभाव भएकोले अधिबेशन रोकिएको थियोे ।दस्तावेज


