८ कार्तिक २०८१, बिहीबार

बाँकेमा विओपी(वोर्डर आउट पोस्ट)को नारायणदत्त पौडेल द्वारा उद्घाटन

एसीपी संवाददाता

२६ पुष २०७६, शनिबार ०४:१२ मा प्रकाशित


नेपालगन्ज बाँके, पुस २६

बाँकेमा थप एउटा विओपी(वोर्डर आउट पोस्ट) स्थापना गरिएको छ ।

हालै जिल्लामा विओपीको संख्या ६ पुगेको छ । सरकारले देशभर १ सय १४ वटा विओपी थप गर्ने निर्णय गरेकोमा बाँकेमा पनि ५ वटा विओपी थपिन लागेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रदेशन म्बर ५ विन्देवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक नारायणदत्त पौडेलले बाँकेको जयसपुर विओपीको उद्घाटन गर्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा विओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक दीपक अधिकारीले जानकारी दिनुभयो ।

पौडेलले सीमा तस्करीका लुप होल पत्ता लगाई अवैध निकासी रोक्न प्रभावकारी ढंगले लाग्न निर्देशन पनि दिनुभयो । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जयसपुर विओपी थपिएसंगै अवैध निकासी पैठारी नियन्त्रणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । सशस्त्र प्रहरी उपरिक्षक अधिकारीले भन्सार कार्यालय नेपालगन्जको जग्गामा विओपी स्थापना गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर ओली लगायत उपस्थित रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x