२२ जेष्ठ २०८३, शुक्रबार
लेबनान र इजरायलका राजदूतले घोषणा गरेको सशर्त युद्धविराम हिजबुल्लाह समूहका प्रमुखद्वारा अस्वीकार
एजेन्सी । लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासेमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनुभएको छ ।
प्रमुख कासेमले बृहत युद्धविराम र पूर्ण इजरायली फिर्तिको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको हाे । अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्धविरामका लागि सहमति जनाए लगत्तै हिजबुल्लाहको यस्ताे प्रतिक्रिया आएको छ ।
लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लडाइँको दिगो अन्त्यको लागि ‘अन्तिम मौका’ भएकाे बताउनुभएकाे हाे । हेजबुल्लाहले भने इजरायल–लेबनान वार्तालाई अस्वीकार गरेको छ । इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनाथ गरिएको हाे । इरान समर्थित लडाकु समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राखेको जनाइएकाे छ । इमेज
Subscribe
Login
0 Comments



