१३ मंसिर २०८३, शनिबार

बाँकेको जानकी गाउँपालिका-६ बस्ने १८ वर्षीय युवक सहित विभिन्न जिल्ला बाट लागू औषध सहित पक्राउ

एसीपी संवाददाता

१८ पुष २०७८, आईतवार ०७:०५ मा प्रकाशित

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधाराबाट २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-८ मातातिर्थ बस्ने २६ वर्षीय कृष्ण तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पदैल हिँडिरहेका उनलाई महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँके, जानकी गाउँपालिका-६ रिहार बस्ने १८ वर्षीय किशोरलाई करिब ८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढीबाट करिब ७ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-९ बस्ने २६ वर्षीय जगत खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने चुल्हाई साहको घरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले साहको घर तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार रहेका साहको खोजी भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x