बाँके जिल्लामा एकैदिन १०८ जनामा कोरोना पुष्टि
बिकास खडका – नेपालगञ्ज । अहिले नेपालगन्जमा कोरोना संक्रमण तिब्र रूपमा बढी रहेको छ । बाँके जिल्लामा आज पनि एकैदिन १०८ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म भएको जम्मा परीक्षणको करिब ६५ प्रतिशत रहेको हो । १६७ नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पताल ल्याबमा १०१, कोहलपुर मेडिकल कलेजमा ५३ र बागेश्वरी ल्याबमा १३ नमुना परीक्षण गरिएको थियो । जसमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले उल्लेख गरेको छ । भेरी अस्पतालको पिसिआर ल्याबमा ७० जना, मेडिकल कलेज कोहलपुर ल्याबमा ३२ जना र बागेश्वरी ल्याबमा ६ जनामा कोरोना पुष्टि भएको छ । यसमा बाँकेका मात्र ७७ जना छन् ।
यो संगै बाँकेमा सक्रिय संक्रमितको संख्या ३८४ भएको छ । अस्पताल र आइसोलेसनहरुमा २३ जना भर्ना छन् । यी मध्ये २० जना मध्यम, २ जना भेन्टिलेटरमा र १ जना सिकिस्त रहेका छ्न । भारतबाट फर्किनेहरु सिमानाकामै संक्रमण परिक्षण हुने गरेको हो ।


