१३ मंसिर २०८३, शनिबार

बाकेमा एक जना महिला सहित ६ जना मृत अवस्था फेला

एसीपी संवाददाता

४ पुष २०७८, आईतवार ११:२० मा प्रकाशित

०४ गते पौष २०७८ – काठमाडौं महानगरपालिका-६ बौद्ध पाटीटार बस्ने ५५ वर्षीय अनुज कार्की बौद्ध नागेश्वर गल्लीस्थित सडक पेटीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-३३ बहुमारास्थित सडक छेउमा सोही महानगरपालिका-२७ बुढी बजार बस्ने ६५ वर्षीय वृक्षाराम बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित डेविट फल्सको खोचमा सोही महानगरपालिका-१७ शितलचौतारी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ४१ वर्षीय सुनिल परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा सोही ठाउँ बस्ने २५ वर्षीय अरुण दास शनिबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, कोहलपुर नगरपालिका-७ पर्सेनिपुर बस्ने ३२ वर्षीया कमला बस्नेत आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

लमजुङ, सुन्दरबजार नगरपालिका-६ नमुना टोल बस्ने ३० वर्षीया सरस्वती गौली आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x