२९ माघ २०८२, बुधबार

बालेन्द्र शाह र पुर्बयुवराज पारस एउटै होटेलमा

एसीपी संवाददाता

६ माघ २०८२, सोमबार ०८:३६ मा प्रकाशित

जनकपुरधाम — राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरधाममा एउटै होटलमा बसेका छन्।

आइतबार साँझ जनकपुर आइपुगेका बालेन शाह र विराटनगरबाट आएका पूर्वयुवराज पारस जनकपुरधामस्थित मिथिला यात्री निवास मा बास बसेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार पूर्वयुवराज पारससँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि सोही होटलमा रहेकी छिन्।

रास्वपाले सोमबार जनकपुरमा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’मा सहभागी हुन बालेन शाह आजै हवाईजहाजमार्फत जनकपुर आएका हुन्। उता, पूर्व राजपरिवारका सदस्यहरू भने विराटनगर हुँदै जनकपुर पुगेको जानकारी प्राप्त भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x