१ श्रावण २०८३, शुक्रबार

बिआरआइ प्रोजेक्ट बाट बाहिरियो ब्राजिल नेपाल माथी किन दबाव

एसीपी संवाददाता

१८ कार्तिक २०८१, आईतवार १०:२१ मा प्रकाशित

चीनको बहुचर्चित विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ (बीआरआई)मा सामेल हुन नेपालमाथि दबाब बढाईरहॅदा ब्राजिलले भने परियोजना मा सामेल हुन अस्वीकार गरेको छ । मंसिरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित चीन भ्रमणमा हस्ताक्षर गर्न चीनले दवाव दिईरहेकै समयमा ब्राजिलले परियोजनामा सामेल हुन अस्वीकार गरेको साउथ चाईना मोर्निङ पोष्टले जनाएको छ ।

नेपालको सार्वभौमिकता र राष्ट्रियतामाथि खतरा उत्पन्न हुने नगरी बीआरआईमा हस्ताक्षर गर्न चीनले दबाब दिईरहेको खुलाशा भएको छ । चिनियॅा राजदुत चेन सोङले नेताहरुलाई भेटेर बीआरआई कार्यन्वयन नभए जे पनि हुन सक्ने भन्दै धम्क्याउॅदै हिडिरहेको एक नेता बताएका छन् । ती नेताका अनुसार, राजदुत सोङ प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा जसरी पनि हस्ताक्षर हुनै पर्ने भन्दै दबाब सृजना गरिरहेका छन् ।

यता, साउथ चाइना पोष्टका अनुसार ब्राजिलले चीनको बहुचर्चित विश्व परियोजना मा सामेल हुन अस्वीकार गरेको छ । हालै ब्रिक्स शिखर सम्मेलनमा रुसमा यी देशका शीर्ष नेताबीच भेटघाट भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङ र ब्राजिली समकक्षी लुइस इनासियो लुला दा सिल्भाबीचको भेटले ब्राजिललाई बीआरआईमा सामेल हुन प्रेरित गर्ने अपेक्षा गरिएको थियो ।

तर, मोर्निङ पोष्टअनुसार ब्राजिल सरकारले बीआरआई परियोजनामा विधिवत् सामेल हुनुको साटो चीनसँग वैकल्पिक तरिकाबाट वित्तिय सहयोग र लगानी सहकार्य गर्ने निर्णय लिएको हो । सोमबार ब्रासिलियामा लुला सरकारका एक सल्लाहकारले पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका थिए । राष्ट्रपति लुलाका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार सेल्सो अमोरिमले पत्रकार सम्मेलनमा भने–‘हामी बीआरआईमा हस्ताक्षर गर्दैनौँ, त्यसको साटो सहयोग, सहकार्य र चिनियाँ लगानीका वैकल्पिक उपायको खोजी गर्नेछौं।’ पछिल्ला केही वर्षयता चीन–ब्राजिल सम्बन्ध समधुर हुँदै गएको अनुमान थियो ।

तर, आगामी नोबम्बर २० मा ब्राजिलमा चिनियाँ राष्ट्रपति सीको भ्रमण मिति तय भएको भोलीपल्ट ब्राजिलले यस्तो धारणा सार्वजनिक गरेको हो ।सल्लाहकार अमोरिमले भने–‘ब्राजिल बिमा नीति अन्तर्गत चिनियाँ पूर्वाधार र व्यापार प्राप्त गर्न चाहँदैन।’ ब्राजिलको विदेश मन्त्रालयले चीनको बीआरआई परियोजनामा सामेल हुनु देशको हितमा नहुने निष्कर्ष समेत निकालेको छ । एकातिर चीनसँग तत्काल प्रतिफल नदिने दीर्घकालिन र महङ्गा परियोजना प्रस्ताव भएको र त्यसको मूल्यमा अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने भन्दै ब्राजिल यस्तो निष्कर्षमा पुगेको हो ।

पोष्टका अनुसार सल्लाहकार अमोरिमले गत हप्ता बेइजिङको भ्रमण गरेका थिए । उनले बीआरआई परियोजनाका सम्भावना र प्रतिफलबारे चिनियाँ अधिकारीसँग व्यापक छलफल गरे । तर, उनी चिनियाँ प्रस्तावप्रति विश्वस्त हुन सकेनन् । सल्लाहकार अमोरिमसँगको बेइजिङ भ्रमणमा राष्ट्रपति लुलाका मुख्य सचिव रुइ कोस्टा पनि सामेल थिए । प्रस्तावित चिनियाँ परियोजनाको लागत धान्न ब्राजिलका लागि सहज नहुने र ऋणको पासो कसिलो हुन सक्ने भन्दै ब्राजिल यस्तो निष्कर्षमा पुगेको हो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x