१८ आश्विन २०८३, आईतवार

भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित

एसीपी संवाददाता

९ पुष २०७८, शुक्रबार ०१:३५ मा प्रकाशित

०९ गते पौष २०७८ – एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ । बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित ग¥यो ।

बलियो घरेलु टिमविरुद्ध नेपाल २५–१७, २५–१७ र २५–१९ को सेटमा पराजित भएको हो । अब नेपालले दोस्रो खेलमा आज उज्वेकिस्तानविरुद्ध खेल्नेछ । यस्तै नेपालले तेस्रो खेलमा शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ ।

पुरुषतर्फ ५ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
महिलातर्फ भने नेपालले विजयी सुरुआत गरेको छ । नेपालले हिजो श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x